चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1109
  • 2026-10-08
  • 22:07:11
  • बिहिबार,आश्विन २२, २०८३

About Author

अबको प्रधानमन्त्री ठूलो पार्टीको हिसाबले कांग्रेस वा माओवादीबाटै हुन्छन् : डा.भट्टराई

काठमाडौं– नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमा प्रधानमन्त्री बन्ने चाहना र सम्भावना दुवै नभएको बताएका छन्। ठूलो दलका रुपमा नेपाली कांग्रेस वा माओवादी केन्द्रबाटै प्रधानमन्त्री हुने उनको तर्क छ। आगामी निर्वाचनपछि प्रधानमन्त्री को बन्ने भन्ने त अनुमानको कुरा मात्र हो। संसारभरि नै ठूलो पार्टीबाट नेतृत्व गर्ने अभ्यास हुन्छ। कतै कतै साना पार्टीले पनि नेतृत्व गर्छन। मेरो विचारमा ठूलो घटक नेपाली कांग्रेस वा माओवादी केन्द्रले नेतृत्व गर्लान्। तर व्यक्ति पार्टीले टुंग्याउने कुरा हो,” भट्टराईले भने । नेता भट्टराईले आफू प्रधानमन्त्रीको दौडमा नरहेको पनि खुलासा गरे । उनले भने, “मेरो चाहना त हाम्रो उमेरका मानिसले स्थान छाडिदिनुपर्छ भन्ने हो। तर त्यसका लागि आआफ्ना पार्टीमा नयाँ मानिस तयार गर्नुपर्छ। व्यक्तिगत रुपमा मेरो पकटपटक प्रधानमन्त्री हुने चाहना छैन। अहिले त्यो सम्भावना पनि छैन।  

News by अबको प्रधानमन्त्री ठूलो पार्टीको हिसाबले कांग्रेस वा माओवादीबाटै हुन्छन् : डा.भट्टराई :