चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 7 of 1104
  • 2026-10-06
  • 14:59:19
  • मंगलबार,आश्विन २०, २०८३

About Author

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, शाहब आलम र नन्दन यादव समेटिए

काठमाडौं– ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। एसीसी प्रिमियर कपमा सहभागी टोलीबाट यसपटक केही परिवर्तन गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ। यस्तै, बाँयाहाते स्पिनर शाहब आलमले पनि टोलीमा स्थान बनाएका छन्। ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी भने यस शृङ्खलाका लागि पनि टोलीमा परेका छैनन्। ओपनर अर्जुन कुमाल र आसिफ शेखले भने टोलीमा निरन्तरता पाएका छन्। लिग–२ अन्तर्गतको यो त्रिकोणात्मक शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ। शृङ्खलामा नेपालसँगै आयोजक ओमान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। क्यानडाले पनि यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ। शृङ्खलाका लागि नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।

News by ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, शाहब आलम र नन्दन यादव समेटिए :