चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1084 of 1104
  • 2026-10-06
  • 22:59:21
  • मंगलबार,आश्विन २०, २०८३

About Author

अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबिच भेटघाट बाक्लै

काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो पनि भेटघाट गर्नेको संख्या बाक्लै देखियो। उनको खुमलटारस्थित निवासमा माओवादी नेताहरु गिरिराजमणि पोखरेल, शक्ति बस्नेत,रामेश्वर राय यादवले भेटघाट गरेको बताइन्छ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा।विजय पौडेल पनि सहकारी कानूनको कुरामा छलफल गर्न हिजो बिहान ७ बजे त्यहीँ पुगे। उता,सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटघाट गर्ने क्रम केही दिन यता बढेको छ। हिजो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको टोली भेटघाटको निम्ति पुगेको थियो। पोखरा महानगरको निम्तोमा आएको झण्डै आधा दर्जनको कोरियाली प्रतिनिधिमण्डलले सभामुखसँग दिउँसो ३ बजेको समयमा आधा घण्टा शिष्टाचार भेटवार्ता गरेको संसद सचिवालयले जनाएको छ।

News by अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबिच भेटघाट बाक्लै :