चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1068 of 1109
  • 2026-10-09
  • 08:46:47
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सामाजिक सञ्जालमा लेख्नुअघि त्यसको परिणामबारे २ पटक सोच्नुस् डा. भगवान कोइराला

काठमाडौँ— सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्ने डा. भगवान कोइरालाले बताएका छन्। उनले सामाजिक सञ्जालको दुरुपयोग भएमा झिनामसिना कुराले ठूलो महत्त्व पाउने तर राष्ट्रिय मुद्दा ओझेलमा पर्ने गरेको पनि बताए। कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको पहिलो सत्र सार्वजनिक संवादको शैलीु शीर्षकमा बोल्दै डा। कोइरालाले सामाजिक सञ्जालको उचित प्रयोग गर्नेतर्फ हरेक प्रयोगकर्ता सजग हुनुपर्ने धारणा राखे। ुपछिल्लो समय सामाजिक सञ्जालमा एकदमै सामान्य विषयमा हल्लाखल्ला मच्चाउने र मुख्य राष्ट्रिय मुद्दा ओझेलमा पर्नु चिन्ताको विषय हो। हाम्रो समाजको एउटा चुनौती यो बनेको छ। सामाजिक सञ्जालको शक्ति खतरनाक पनि छ तर यसलाई ठिकसँग प्रयोग गरेमा राम्रो पनि हुन्छ, उनले भने, लेख्नुअघि २ चोटी सोचेर मात्रै लेख्नुस् त्यसको परिणाम के हुन्छ भन्ने सोचेर लेख्नुस्। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दा राष्ट्रिय मुद्दा ओझेलमा परेका हुन् कि भन्ने लागेको डा. कोइरालाले बताए। उनले सामान्य विषयलाई ठूलो जस्तो गरी प्रचारप्रसारमा ल्याउन सामाजिक सञ्जालको भूमिका रहेको बताए। त्यसैले सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवारीबोध हुनुपर्ने उनको सुझाव छ। सामाजिक सञ्जालमा उठेका विषयको पछि मूलधारका सञ्चारमाध्यम लाग्नुपर्ने अवस्था आएको पनि डा. कोइरालाको भनाइ छ। उनले यो विषयमा पनि ख्याल गर्नुपर्ने बताए। प्रत्येक व्यक्तिले विश्वका कुनै पनि कुरामा तत्काल जानकारी लिन सक्ने र त्यसमा प्रतिक्रिया दिन सक्ने अवस्थामा त्यसरी व्यक्त प्रतिक्रियाबारे गम्भीर भने बन्नुपर्ने उनको धारणा छ। ुसामाजिक सञ्जालको शक्तिलाई प्रयोगकर्ताले अनुभव गर्न सकेन र व्यक्तिगत धारणा मात्रै भनेर सामाजिक सञ्जालमा राख्दै गयो र त्यसरी राख्नेको संख्या ठूलो भयो भने समस्या हुन्छ, उनले भने। सामाजिक सञ्जालको दुरुपयोग तार्किकभन्दा पनि बदला लिनका लागि पो हुने हो कि भन्ने चिन्ता डा. कोइरालाको भनाइ छ।

News by सामाजिक सञ्जालमा लेख्नुअघि त्यसको परिणामबारे २ पटक सोच्नुस् डा. भगवान कोइराला :