चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1110
  • 2026-10-09
  • 12:19:32
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

जनयुद्ध सुरु भएपछि युवा पलायन हुन थाले, अहिले विदेशमा युवाको अवस्था भयावह छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा माओवादीले जनयुद्ध सुरु गरेपछि सम्भावना भएका युवा विदेश पलायन हुन सुरु भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माओवादी जनयुद्ध सुरु भएपछि युवाहरु विदेश पलायन हुन सुरु भएको र अहिले विदेशमा रहेका युवाको अवस्गथा भयावह रहेको बताए। उनले देशमा हिंसा सिर्जना भएका कारण नै परिवार पाल्न र सुरक्षित रहनका लागि युवाहरु विदेश जान बाध्य भएको टिप्पणी गरे। साथै ओलीले अन्य राजनीतिक दलले युवालाई राजनीतिमा महत्व नदिएको बताए। उनले काठमाडौंमा एमालेले २९ वर्षका युवालाई उम्मेदवार बनाएको भन्दै अन्य दललाई पनि आगामी चुनावमा युवा उम्मेदवार उठाएर देखाउन चुनौती दिए। नयाँ पुस्तालाई अगाडि सारेर ज्येष्ठ नागरिकका कुरा सुन्दै अघि बढ्नुपर्ने ओलीको भनाइ थियो। उनले वर्तमान सरकारले राजनीतिलाई दुश्मनितिर लैजान खोजको आरोप लगाएका छन्। अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजेको टिप्पणी गरे। जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नोपलीको पहिचान खोज्न आवश्यक रहेको बताए। जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको अध्यक्ष ओलीले बताए।

News by जनयुद्ध सुरु भएपछि युवा पलायन हुन थाले, अहिले विदेशमा युवाको अवस्था भयावह छ : अध्यक्ष ओली :