चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1103 of 1110
  • 2026-10-09
  • 16:21:44
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

नर्भिकको संरचना भत्काउन आफैं पुगे थापाथली : मेयर बालेन्द्र साह

काठमाडौं– काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुगेका छन्। सोमबार दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन्द्र आफैं पुगेका हुन्। नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो। सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन्। तर, नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ। मेयर बालेन्द्र पुगेसँगै अस्पतालका कर्मचारीहरुले उनलाई नभत्काउन आग्रह गरेका थिए। मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरेका थिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लिखित रुपमै संरचना हटाउन नसकिने भनेर पत्र पठाएको बताएका छन्। नर्भिक अस्पतालले भन्यो– तत्काल भवन भत्काउन सक्दैनौं

News by नर्भिकको संरचना भत्काउन आफैं पुगे थापाथली : मेयर बालेन्द्र साह :