काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा ‘ए’ डिभिजनका नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । पुलिस र संकटा दुवै पहिलो जितको खोजीमा हुनेछन् । दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।एपीएफ दोस्रो जित र जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेका छन् । यसैगरी, साँझ साढे ५ बजे साविक फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स पहिलो जित र सातदोबाटो लगातार तेस्रो जितको खोजीमा रहेका छन् । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।


