चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 912 of 1154
  • 2026-11-23
  • 13:05:31
  • सोमबार,मंसिर ०८, २०८३

About Author

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना ,  ३ जनाको मृत्यु

सुर्खेत- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए । मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

News by दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना ,  ३ जनाको मृत्यु :