चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 820 of 1156
  • 2026-11-23
  • 21:16:28
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ-  नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । आज (मंगलबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

News by पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना :