चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 778 of 1156
  • 2026-11-24
  • 01:17:17
  • सोमबार,मंसिर ०८, २०८३

About Author

घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो । नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ । यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ । काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।   F0LPOwIaUAAbdH_1688462923.jpg F0LPMSkaAAAqG_i1688462926.jpg F0LPNv2aIAAumdh1688462926.jpg

News by घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित) :