चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 450 of 1153
  • 2026-11-22
  • 19:46:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभा सदस्य निर्वाचन: लुम्बिनी प्रदेशमा २६ र स्थानीय तहका ५० मत खसे

काठमाडौँ– लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया जारी रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ः२८ बजेसम्म प्रदेश सभा सदस्यका २६ मत र स्थानीय तहका ५० मत खसिसकेका छन्। आयोगले तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा सम्बन्धित प्रदेशका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार मतदान निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिने आयोगले जानकारी दिएको छ।

News by राष्ट्रिय सभा सदस्य निर्वाचन: लुम्बिनी प्रदेशमा २६ र स्थानीय तहका ५० मत खसे :