काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने महाशाखले जानकारी दिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भू(भागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ।
यस्तै, महाशाखाका अनुसार,आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।