काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। नयाँ नामावली प्रकाशन गरेसँगै काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको संख्या ७ हजार ११४ पुगेको छ। काँग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ।
