काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संरचना विस्तार गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्रीको संख्या बढाएर १५ जना पुर्याउने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार चार जना सहमहामन्त्री महिलाबाट मनोनीत हुनेछन्। यसअघि कांग्रेसमा आठ जना सहमहामन्त्री रहने व्यवस्था थियो।
केन्द्रीय समितिले गरेको निर्णय अब महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्थाले कांग्रेसको पदाधिकारी संरचनामा थप विस्तार हुने भएको छ।