काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तलाई भेट्न अस्पताल पुगेका छन्।
वर्षमान अस्वस्थ भएपछि शनिवार सुमेरु अस्पतालमा भर्ना भएका थिए। गृहजिल्ला रोल्पा पुगेका वर्षमान एक्कासि अस्वस्थ भएपछि हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।
जन्डिससहित विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका वर्षमान अस्वाभाविक रूपमा पेट फुल्न थालेपछि अस्पताल भर्ना भएका हुन्।
मंगलवार अस्पतालमा पुगेका प्रचण्डले वर्षमानलाई भेटेर स्वास्थ्य समस्याबारे जानकारी लिए।