हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु - Chaitanya News
  • 2026-06-14
  • 14:13:59
  • आइतबार,जेठ ३१, २०८३
  • हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    काठमाडौँ –  नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

    हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाको अनुरोध छ ।

    महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै मंगलवार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ