तोमनाथ उप्रेती:
१. एल्गोरिदम
आत्माको खोज अझै
मौन मानव।
२. चिपले सोच्यो
मन रोयो एक्लै
को सुन्छ र?
३. डाटाको सागर
विवेकको थोपा
अमृत त्यही।
४. मेसिन जाग्यो
अन्तरमन निदायो
ब्यूँझ चेतना।
५. स्क्रिन उज्यालो
अन्तर अँध्यारो
दीप जलाऊ।
६. बुद्धि बढ्यो
करुणा हरायो
हार सभ्यता।
७. कोडको जंगल
आत्माको पदचाप
दुर्लभ भयो।
८. क्लिकको संसार
मौनको तीर्थमा
मन फर्कियो।
९. यन्त्र हाँस्यो
मानव आँसु झर्यो
को विजेता?
१०. सूचनाको भीड
सत्य एक्लै उभियो
मौन साक्षी।
११. कृत्रिम बुद्धि
प्राकृतिक आत्मा
अनन्त यात्रा।
१२. शून्य र एक
बीच हरायो मन
खोज अनन्त।
१३. समय दौड्यो
आत्मा पछि छुट्यो
फर्क भित्र।
१४. वेग अपार
विवेकको पाइला
धीमा सही।
१५. प्रविधि चुली
चरित्रको जरा
नकाटौँ है।
१६. बुद्धि विशाल
हृदय साँघुरियो
हार मानव।
१७. चन्द्र पुग्यौँ
मनभित्र अँध्यारो
को उज्यालो?
१८. ज्ञान अनन्त
आत्मबोध दुर्लभ
यही परीक्षा।
१९. मौन हिमाल
भित्रको प्रतिध्वनि
आत्मा बोल्यो।
२०. युग बदल्यो
सत्य फेरिएन
मन चिन।
२१. एल्गोरिदम
भाग्य लेख्न सक्दैन
कर्म लेख्छ।
२२. ताराको जाल
मनको आकाशमा
दीप निभ्यो।
२३. विज्ञान अगाडि
विवेक पछाडि
खतरा त्यही।
२४. करुणा बिना
बुद्धि बन्यो हतियार
शान्ति हरायो।
२५. आत्मा जागे
मेसिन सेवक हो
मानव गुरु।
२६. मनको दीप
डेटाले बाल्दैन
प्रेम बाल्छ।
२७. कृत्रिम युग
मानवीय स्पन्दन
अमर रहोस्।
२८. मौन चेतना
सभ्यताको धुरी
अटल सत्य।
२९. आत्मबोधले
एल्गोरिदम जित्यो
यही विजय।
३०. अन्तिम प्रश्न
मेसिन कि मानव?
जागृत आत्मा।