राहदानी विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो - Chaitanya News
  • 2026-08-17
  • 17:15:43
  • सोमबार,भाद्र ०१, २०८३
  • राहदानी विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो

    राहदानी विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो

    काठमाडौँ– प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।

    बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गर्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए। विधेयक हटाउनुको कारण भने बैठकमा खुलाइएको छैन।

    अन्य दुई संशोधन विधेयक प्रस्तुत

    बैठकमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरिन्।

    मन्त्री बादीले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरेकी छन्।

    यसैगरी प्रतिनिधि सभाले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामुख अर्यालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव सभाबाट स्वीकृत भएसँगै सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गर्न पाउने ७२ घण्टाको समय सुरु भएको छ।