संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न सरकारलाई हर्क साम्पाङको चेतावनी - Chaitanya News
  • 2026-07-06
  • 16:38:31
  • सोमबार,आषाढ २२, २०८३
  • संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न सरकारलाई हर्क साम्पाङको चेतावनी

    संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न सरकारलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन्।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका हुन्।

    अब मुलुकमा रगतको होइन, पसिनाको क्रान्ति आवश्यक रहेको उल्लेख गरे। राईले देशमा रोजगारीको अभावमा हजारौँ युवा बिदेसिनु परेको यथार्थलाई औँल्याउँदै स्वदेशमै भविष्य खोज्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे।