२४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली - Chaitanya News
  • 2026-07-05
  • 09:59:52
  • आइतबार,आषाढ २१, २०८३
  • २४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

    २४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

    काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ८१३ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको नौ, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो।