‘चिया निर्यातको अवरोध हटाउन सरकारले आवश्यक पहल गरिरहेको छ’ : मन्त्री चौधरी - Chaitanya News
  • 2026-06-17
  • 17:31:57
  • बुधबार,आषाढ ०३, २०८३
  • ‘चिया निर्यातको अवरोध हटाउन सरकारले आवश्यक पहल गरिरहेको छ’ : मन्त्री चौधरी

    ‘चिया निर्यातको अवरोध हटाउन सरकारले आवश्यक पहल गरिरहेको छ’ : मन्त्री चौधरी

    काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन्।

    विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चिया उद्योगीहरूले भोगिरहेको समस्या समाधान गर्न सरकार सक्रिय रहेको जानकारी दिइन्।

    उनका अनुसार चिया निर्यातलाई विगतमा जस्तै सहज बनाउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ। उनले समस्या समाधानका लागि प्राविधिक पक्ष र कूटनीतिक माध्यम दुवैबाट पहल अघि बढाइएको बताइन्।

    मन्त्री चौधरीले चिया निर्यातसम्बन्धी विषयमा भइरहेका छलफलहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको पनि उल्लेख गरेकी छन्।