काठमाडौँ– सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रसेवक कर्मचारीको तलबमानमा १० प्रतिशत वृद्धि गरिएको घोषणा गरेका हुन् ।
बढाइएको तलब आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ। तलब वृद्धिसँगै कर्मचारीको सेवा–सुविधा तथा जीवनयापन लागतलाई ध्यानमा राखिएको सरकारको भनाइ छ।
सरकारले सार्वजनिक प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र नतिजामुखी बनाउन कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले तलब वृद्धि गरिएको जनाएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।