यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा तयार - Chaitanya News
  • 2026-07-14
  • 21:45:59
  • मंगलबार,आषाढ ३०, २०८३
  • यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा तयार

    यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा तयार

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन्।

    उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन्।

    यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए।

    यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन्।

    उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारेका थिए।