प्रधानमन्त्री शाहले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने - Chaitanya News
  • 2026-07-11
  • 02:17:58
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रधानमन्त्री शाहले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

    प्रधानमन्त्री शाहले आज इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

    काठमाडौँ– आज (मंगलबार) बिहान ११ः ३० बजे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ।

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।