भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने काँग्रेसको निर्णय - Chaitanya News
  • 2026-04-27
  • 15:37:03
  • सोमबार,बैशाख १४, २०८३
  • भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने काँग्रेसको निर्णय

    भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने काँग्रेसको निर्णय

    काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।

    बैठकबाट गरिएको उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक अनुमोदन गर्ने तयारी गरिएको छ।

    पार्टी स्रोतका अनुसार २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि काँग्रेसले संसदीय दलको नेता सहमतिका आधारमा चयन गर्न लागेको यो पहिलो अवसर हो। आङ्देम्बे नेपाली काँग्रेसका समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।

    यसअघि संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्यलाई प्रमुख दाबेदारका रूपमा हेरिएको थियो।
    काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।