‘सक्किगो नि’ को प्रसारण रोकियो, यस्तो छ कारण - Chaitanya News
  • 2026-05-24
  • 19:45:02
  • आइतबार,जेठ १०, २०८३
  • ‘सक्किगो नि’ को प्रसारण रोकियो, यस्तो छ कारण

    ‘सक्किगो नि’ को प्रसारण रोकियो, यस्तो छ कारण

    काठमाडौं- हाँस्य टेलिशृंखला ‘सक्किगो नि’ को प्रसारण रोकिएको छ। १००औं भाग प्रसारण भएपछि कार्यक्रमको प्रसारण रोकिएको हो।

    कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए।

    ‘हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं। एक दुई हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ। त्यसपछि नियमित प्रसारण हुन्छ,’ उनले भने।

    यो कार्यक्रम २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो। कार्यक्रममा केही कुरा परिवर्तन गरिने घिमिरेले बताए।

    ‘कार्यक्रममा केही हेरफेर गर्दै हामीले सिजन ३ भनेर कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ उनले भने। कार्यक्रमलाई अर्जुन घिमिरे र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्।