कैलाली–५ मा रास्वपाकाआनन्दबहादुर चन्द विजयी - Chaitanya News
  • 2026-04-25
  • 14:28:49
  • शनिबार,बैशाख १२, २०८३
  • कैलाली–५ मा रास्वपाकाआनन्दबहादुर चन्द विजयी

    कैलाली–५ मा रास्वपाकाआनन्दबहादुर चन्द विजयी

    काठमाडौं– कैलाली– ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द विजयी भएका छन् । चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।

    चन्द ३१ हजार ९५३ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा निकटत प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।

    कैलाली–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले सात हजार ८७६ मतसहित तेस्रो भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना ९उपाध्याय० पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले एक हजार ५९२ मत ल्याएका छन् ।