काठमाडौँ–२ बाटरास्वपाका केसी विजयी - Chaitanya News
  • 2026-04-25
  • 16:14:28
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौँ–२ बाटरास्वपाका केसी विजयी

    काठमाडौँ–२ बाटरास्वपाका केसी विजयी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    केसीका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याएका छन् । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिईन् ।