रुकुम पूर्वमा अहिलेसम्म ‘प्रचण्ड’ नै अगाडी - Chaitanya News
  • 2026-08-18
  • 20:33:35
  • मंगलबार,भाद्र ०२, २०८३
  • रुकुम पूर्वमा अहिलेसम्म ‘प्रचण्ड’ नै अगाडी

    रुकुम पूर्वमा अहिलेसम्म ‘प्रचण्ड’ नै अगाडी

    रुकुमपूर्व– प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राखेका छन् । उनले पाँच हजार ९२४ मत प्राप्त गरेका छन् ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली काँग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

    हालसम्म भूमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताए ।