रौतहट– १: रास्वपा अगाडी, माधव नेपाल पाँचौँ स्थानमा - Chaitanya News
  • 2026-04-25
  • 19:44:04
  • शनिबार,बैशाख १२, २०८३
  • रौतहट– १: रास्वपा अगाडी, माधव नेपाल पाँचौँ स्थानमा

    रौतहट– १: रास्वपा अगाडी, माधव नेपाल पाँचौँ स्थानमा

    काठमाडौँ– रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी अग्रस्थानमा देखिएका छन्।

    आज बिहान करिब १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार चौधरीले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

    हालसम्म गणना भएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी लिएर चुनावी मैदानमा रहेका चौधरीले १ हजार ४ सय ९९ मत प्राप्त गरेका छन्।यसैगरी जनमत पार्टीका उम्मेदवार (छाता) ६३१ मत सहित दोस्रो स्थानमा रहेका छन्। नेपाली काँग्रेसका उम्मेदवार (रुख) ३६६ मत सहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार (सूर्य) ३९९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।

    त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल भने ३२० मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्। प्रारम्भिक मतगणनाले यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो अग्रता दिलाएको देखिएको छ भने अन्य दलका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै रहेको छ।