गुल्मी–१ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, सागर ढकाल अगाडी - Chaitanya News
  • 2026-10-05
  • 04:57:41
  • आइतबार,आश्विन १८, २०८३
  • गुल्मी–१ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, सागर ढकाल अगाडी

    गुल्मी–१ मा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, सागर ढकाल अगाडी

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन्।

    प्राप्त विवरण अनुसार ढकालले २४३ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डा। चन्द्र भण्डारीले १०३ मत पाएका छन्।