रेनुले गरिन् मतदान: भनिन् भयरहित ढंगबाट आफ्नो अमूल्य मतदान गर्ने दिन, धेरै उत्साहित छु - Chaitanya News
  • 2026-04-27
  • 05:03:30
  • आइतबार,बैशाख १३, २०८३
  • रेनुले गरिन् मतदान: भनिन् भयरहित ढंगबाट आफ्नो अमूल्य मतदान गर्ने दिन, धेरै उत्साहित छु

    रेनुले गरिन् मतदान: भनिन् भयरहित ढंगबाट आफ्नो अमूल्य मतदान गर्ने दिन, धेरै उत्साहित छु

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी नेकपा की नेतृ रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका(१४ स्थित सुन्दरबस्ती स्कुलबाट मतदान गरेकी छन् ।

    नेकपाबाट चितवन क्षेत्र नम्बर(३ मा उम्मेदवार समेत रहेकी दाहाल सुन्दरबस्ती स्कुल मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

    मतदान गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘भयरहित ढंगबाट, निष्पक्ष जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन । मैले पनि मतदान गरें । म धेरै उत्साहित छु । खुसी छु ।’

    उनले अगाडि भनिन्, ‘आफ्नो अमूल्य मत चाहिँ योग्य उम्मेदवारलाई मतदान गर्नुस् । योग्य व्यक्ति छान्नुस् । खासगरेर काम गर्न सक्ने, कामबाट प्रमाणित भको र इमान्दर जनप्रतिनिधि जो जनताको स्वच्छ प्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ । त्यसका कारण आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारलाई विवेकको प्रयोग गर्नुहोस् । यसलाई आवेगमा आएर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नहोस् ।’

    यो क्षेत्रबाट दाहालसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सोबिता गौतम पनि चुनावी प्रतिस्पर्धामा छिन् ।