काठमाडौँ– प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मध्य पश्चिम र पश्चिम पृतनाको निरीक्षण भ्रमण गरेका छन्।
आज (सोमबार्) सिग्देलले बुटवलस्थित मध्य पश्चिम पृतना तथा पोखरास्थित पश्चिम पृतना र अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा प्रधान सेनापतिले सम्बन्धित पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए। साथै निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न सेनालाई प्रदान गरिएका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
![]()