वैशाख १ देखि फागुन १० सम्म विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता - Chaitanya News
  • 2026-04-26
  • 21:59:21
  • आइतबार,बैशाख १३, २०८३
  • वैशाख १ देखि फागुन १० सम्म विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता

    वैशाख १ देखि फागुन १० सम्म विपदमा परि ४५३ जनाको मृत्यु, ३८ बेपत्ता

    काठमाडौँ– वैशाख १ देखि फागुन १० सम्म देशभर विभिन्न विपद्का ६ हजार ४८४ घटनामा ४५३ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। उक्त अवधिमा १ हजार ७४० जना घाइते भएका छन् भने १२ हजार १०९ परिवार प्रभावित भएका छन्।

    गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी घटना आगलागीका ९३ हजार १०१० भएका छन्। आगलागीबाट ९४ जनाको मृत्यु, ४९९ जना घाइते तथा ३ हजार ४८१ परिवार प्रभावित भएका छन्।

    त्यस्तै, ५८५ पहिरोको घटना भएकामा ७२ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ५ जनाको अवस्था अझै अज्ञात छ भने ८१ जना घाइते भएका छन्। १ हजार ५५० परिवार पहिरोबाट प्रभावित छन्।

    सर्पदंशका ५८४ घटना भएकामा ९७ जनाको जनाको मृत्यु भएको छ। सर्पदंशबाट देशभर प्रभावित हुने परिवारको संख्या ५९० छ।

    जनावरको आक्रमणबाट भने ५१ जनाको मृत्यु भएको छ। यो अवधिमा जनावरको आक्रमणका ४६७ घटना भएका थिए। एक जना बेपत्ता र २१८ जना घाइते भएका छन् । भारी वर्षाका ४२७ घटना भएकामा ७ जनाले ज्यान गुमाए। २० जना घाइते र १ हजार १३ परिवार प्रभावित बनेका छन्।