प्रदेश प्रमुख देवकोटाले भने: ‘चाडपर्वका माध्यमबाट आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्छ’ - Chaitanya News
  • 2026-04-27
  • 04:29:30
  • आइतबार,बैशाख १३, २०८३
  • प्रदेश प्रमुख देवकोटाले भने: ‘चाडपर्वका माध्यमबाट आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्छ’

    प्रदेश प्रमुख देवकोटाले भने: ‘चाडपर्वका माध्यमबाट आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्छ’

    बागमती– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताएका छन्।

    ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेको ग्याल्पो ल्होसारलगायत पर्वले नेपालीबीच आपसी सहिष्णुता, सद्भाव र एकतालाई कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

    यो पर्व केवल धार्मिक सद्भाव, सहअस्तित्व र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख देवकोटाले ग्याल्पो ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।