काठमाडौँ– अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ।
वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो।
उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि हालसम्म उपग्रह तस्वीरमा देखिएको थिएन। अहिले भने यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा देखिएको हो।
सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको बीबीसीले जनाएको छ।