राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन अन्त्य - Chaitanya News
  • 2026-04-27
  • 08:27:28
  • सोमबार,बैशाख १४, २०८३
  • राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन अन्त्य

    राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन अन्त्य

    काठमाडौँ– राष्ट्रिय सभाको १९औँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको हो।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्।

    राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराएका छन्।

    नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गरेको हो। माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ।

    सभाको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउँदै १९औँ अधिवेशन शुक्रबार रातिबाट अन्त्य भएको घोषणा गरेका छन्।