देशभर पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-04-27
  • 08:50:10
  • सोमबार,बैशाख १४, २०८३
  • देशभर पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम

    देशभर पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार, आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैलाई महाशाखाले अनुरोध गरेको ।