काठमाडौँ– आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन्।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजे बस्नेछ।
यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ।