काठमाडौँ– युनाइटेड स्टेटस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपाल आउने भएका छन्।
पूर्वनिर्धारित कार्यक्रम बमोजिम पापारोसहितको टोली विशेष विमानद्धारा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका हुन्। भोलि बिहीबार पापारोको टोली नेपाल आइपुग्ने बताइएको छ।
२ फागुनसम्म हुने नियमित भ्रमणका दौरानले पापारोले औपचारिक भेटघाट गर्नुका साथै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने जंगी अड्डाले बताएको छ।
यस प्रकारको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग र विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग पुग्ने बताइएको छ।