राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित - Chaitanya News
  • 2026-04-27
  • 13:01:58
  • सोमबार,बैशाख १४, २०८३
  • राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

    राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

    काठमाडौँ– राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ। आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा चलचित्र विधेयक पारित भएको हो।

    यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्। जसलाई सभाले सर्वसम्मतिमा पारित गरेको हो। यो विधेयक तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ल्याएका थिए।

    २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको यो विधेयकमाथि २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत भएको थियो। २०८२ साल असार ९ गते सभामा सामान्य छलफल भयो। त्यसपछि दफावार छलफलका लागि २०८२ साल साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो।

    विधायन समितिले पारित गरेर सभामा पेस गरेसँगै विधेयक सभाबाट पारित भएको हो।