काठमाडौँ– आठ सहसचिवको सरुवा गरिएको छ । आज (मंगलबार) सरकारले आठ जना सहसचिवहरुको सरुवा गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई सरुवा गरेर गृह, शहरी तथा स्थानीय तहमा पठाउने निर्णय गरेको हो।
स्रोतका अनुसार प्रशासन सेवातर्फका सहसचिव महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । डमरु प्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।
यस्तै, इन्जिनियरिङ सेवातर्फका सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिष कुमार अर्याल, राम कुमार श्रेष्ठ र गौरी कुमार श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायमा पठाइएको छ ।
लोक सेवा आयोगबाट बढुवा भई आएका सहसचिवहरूलाई रिक्त पदमा व्यवस्थापन गरिएको हो। नियमित प्रक्रियाअनुसार निर्वाचनको एकमुष्ठ सहमतिका आधारमा मन्त्रालयले पदस्थापन गर्दै आएको जनाएको छ।