काठमाडौँ– राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुसालले आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका छन्।
आज (सोमबार) राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
डा. भुसाल २०७६ माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। विगत ६ वर्षमा राष्ट्रिय सभामा रहेर आफूले कानुन निर्माणमा सक्दो भूमिका खेलेको बताए।
समयमै सभाको बैठक राख्ने, समय तालिका नै बनाएर काम गर्ने, कानुनको कार्यान्वयन मूल्यांकन गर्ने लगायतका सकारात्मक काम हुँदै आएको भनेर उनले यसले आगामी दिनमा समेत निरन्तरता पाउन सक्नुपर्ने बताएका छन्।