सहर झरेका मतदाता भन्छन्ः ‘चुनावमा गाउँ फर्किन्छौँ, बाँच्न सहर बस्नुपरेको छ’ - Chaitanya News
  • 2026-04-26
  • 16:07:22
  • आइतबार,बैशाख १३, २०८३
  • सहर झरेका मतदाता भन्छन्ः ‘चुनावमा गाउँ फर्किन्छौँ, बाँच्न सहर बस्नुपरेको छ’

    सहर झरेका मतदाता भन्छन्ः ‘चुनावमा गाउँ फर्किन्छौँ, बाँच्न सहर बस्नुपरेको छ’

    चाडपर्व, संस्कार र चुनाव। म्याग्दीका धेरै मतदाताका लागि अहिले गाउँ फर्किने यी नै तीन कारण बाँकी छन्। बाँकी समय भने उनीहरूको दैनिकी पोखरा जस्ता सहरमै बितिरहेको छ,र कारण उही पुरानैस् शिक्षा, स्वास्थ्य र रोजगारी।

    धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्याल पनि तीमध्ये एक हुन्। नातिनातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका कारण उनी वर्षौंदेखि पोखरामा अस्थायी बसोबास गरिरहेका छन्। गाउँ फर्किँदा उनी आफ्नै शब्दमा “चुनाव र संस्कारमा सीमित” भएका छन्।

    “गाउँमा आधारभूत सुविधा र आयआर्जनको अवसर भए सहर बस्नुपर्ने बाध्यता हुँदैनथ्यो,” छन्त्याल भन्छन्। उनको भनाइ केवल व्यक्तिगत पीडा होइन, म्याग्दीबाट पोखरा झरेका सयौँ मतदाताको साझा आवाज हो।

    अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुनको अवस्था पनि उस्तै छ। विदेशिएका सन्तानका छोराछोरी पढाउन उनी आठ वर्षदेखि पोखरामै छन्। “गाउँमा जमिन बाँझो छ, स्कुल रित्तिँदै छन्, युवाशक्ति विदेश छ,” उनी भन्छन्, “बुढेसकालमा नातिनातिना पढाउन बजार आउनुपरेको छ।”

    पोखरामै खोजिँदै मतदाता:
    यसपटक म्याग्दीको चुनावी माहोल गाउँमा मात्र सीमित रहेन। सहर झरेका मतदातालाई लक्षित गर्दै उम्मेदवारहरू पोखरा पुगेका छन्। अध्ययन, व्यापार, रोजगारी र चिसोका कारण बजार झरेका मतदातासँग भेटघाट गर्न उम्मेदवारहरू सक्रिय देखिएका छन्।

    नेकपा ९एमाले० का उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा पोखरामा पुगेर मतदाता भेटिसकेका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा। महावीर पुन पनि पोखरा गएर मतदाता भेट्ने तयारीमा छन्। पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताको माग एउटै छ,“गाउँमै बस्न सकिने वातावरण बनाइदेऊ।” आयआर्जन, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उनीहरूको प्राथमिक चाहना बनेको छ।

    बसाइँसराइले घट्दै मतदाता:
    बसाइँसराइको असर म्याग्दीको जनसङ्ख्या र मतदाता सङ्ख्यामा स्पष्ट देखिन थालेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार ३९७ मतदाता छन्। अघिल्लो निर्वाचनको तुलनामा केवल २७७ मतदाता मात्र थपिएका छन्।

    जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमका अनुसार घट्दो जन्मदर र बसाइँसराइ नै यसको मुख्य कारण हो। गाउँबाट जिल्ला बाहिर र विदेश जाने क्रम बढेसँगै मतदाता सङ्ख्या स्थिरजस्तै बनेको छ।

    स्थानीय तहको तथ्याङ्कले पनि यही संकेत गर्छ। आव २०८१र८२ मा ८९ परिवार म्याग्दी भित्रिए, तर २४७ परिवार बाहिरिए। अघिल्लो वर्ष पनि बाहिरिनेको सङ्ख्या आउनेको भन्दा दोब्बरभन्दा बढी थियो।

    सडक पुगे पनि मान्छे रोकिएनन्:
    म्याग्दी बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक गोरखबहादुर जिसी भन्छन्, “सडक, बिजुली, खानेपानी पुगे पनि मानिस रोकिएका छैनन्।” उनका अनुसार रोजगारी र आयआर्जनको अवसर नहुँदा सुविधा मात्रले गाउँ बचाउन नसकेको हो। गाउँ खालीँदा विद्यालयमा विद्यार्थी अभाव, सांस्कृतिक गतिविधि कमजोर र सामाजिक जीवन खुम्चिँदै गएको छ।

    उम्मेदवारका प्रतिबद्धता:
    मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले गाउँ फर्काउने योजना आफ्नो एजेन्डाको केन्द्रमा राखेका छन्। पर्यटन र कृषिमार्फत रोजगारी सिर्जना, जलविद्युत्मा लगानी, नीति निर्माण तहमा म्याग्दीको आवाज बलियो बनाउने प्रतिबद्धता उनीहरूले गरेका छन्। मतदाता भने नारा होइन, परिणाम चाहन्छन्। पोखरामा बसेर पनि उनीहरूको नजर गाउँमै छ—र प्रश्न एउटै छस् यो चुनावपछि गाउँ फर्कन सक्ने आधार बनला तरु