पोखरा– कास्की क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तम पौडेललाई टिकट दिएको छ। चर्को रस्साकस्सीका बिच पार्टीले पौडेललाई टिकट दिएको हो।
पौडेल पत्रकारिता पृष्ठभूमिका हुन्। कास्की २ बाट माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसी लगायत टिकटका आकाङ्क्षी थिए।
यसअघि कास्की २ मा रास्वपाले १२ हजार ४ सय ९५ मत प्रत्यक्षतर्फ पाएको थियो। निर्वाचित एमालेकी विद्या भट्टराईले १६ हजार ९ सय ९८ मत पाएकी थिइन्।