यी हुन् नेकपा एमाले सुदूरपश्चिम प्रदेशबाट टिकट पाउनेहरू - Chaitanya News
  • 2026-06-22
  • 09:40:46
  • सोमबार,आषाढ ०८, २०८३
  • यी हुन् नेकपा एमाले सुदूरपश्चिम प्रदेशबाट टिकट पाउनेहरू

    यी हुन् नेकपा एमाले सुदूरपश्चिम प्रदेशबाट टिकट पाउनेहरू

    धनगढी– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा १६ वटा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। लामो रस्साकस्सी र छलफल पछि टिकटको टुङ्गो लगाइएको जनाइएको हो।

    टिकट पाउनेहरूमा कैलाली क्षेत्र नम्बर १ मा द्वारिका न्यौपाने, क्षेत्र नम्बर २ मा सूर्यबहादुर थापा, क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी रहेका छन्। यस्तै कैलाली क्षेत्र नम्बर ४ मा लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानालाई टिकट दिइएको छ।

    यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, क्षेत्र नम्बर २ मा वचनबहादुर सिंह, क्षेत्र नम्बर ३ मा दीपक भट्टलाई टिकट दिइएको छ।

    अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा र क्षेत्र नम्बर २ मा यज्ञ बोगटीलाई टिकट दिइएको हो।

    बाजुरामा लालबहादुर थापालाई टिकट दिइएको छ। डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङ अफिलाल ओखेडालाई उम्मेदवार बनाइएको हो।

    यस्तै बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई टिकट दिइएको छ।