गगन र विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा - Chaitanya News
  • 2026-05-06
  • 13:23:27
  • बुधबार,बैशाख २३, २०८३
  • गगन र विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा

    गगन र विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्कासनको घोषणा

    काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ।

    आज (बुधबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्कासनको घोषणा गरेको हो।

    बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन्।