आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले फर्कायो जवाफ - Chaitanya News
  • 2026-05-06
  • 13:23:16
  • बुधबार,बैशाख २३, २०८३
  • आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले फर्कायो जवाफ

    आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले फर्कायो जवाफ

    काठमाडौँ – विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा काँग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ। ८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनाएका छन्।

    महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हो। यसैगरी देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेका छन्। सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ।

    यसैगरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन्।