नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदै - Chaitanya News
  • 2026-05-06
  • 15:27:39
  • बुधबार,बैशाख २३, २०८३
  • नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदै

    नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदै

    काठमाडौँ– आज (मंगलबार) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गर्ने भएका छन्।

    विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त सङ्ख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने भएको हो।

    काठमाडौँ उपत्यका रहेकाले दिउँसो १२ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिने बताइएको छ।