आजको मौसम: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो - Chaitanya News
  • 2026-11-21
  • 16:25:14
  • शनिबार,मंसिर ०६, २०८३
  • आजको मौसम: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

    आजको मौसम: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।

    यस्तै मशाहाखाका अनुसार, आज दिउँसो तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।